नेपालको संविधान २०७२ अनुसार देशमा तीन तहको (संघ, प्रदेश र स्थानीय तह) सरकार गठन पश्चात बागमती प्रदेश, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय (स्थापनाको समयमा भौतिक पुर्वाधार मन्त्रालय) अन्तर्गत नुवाकोट जिल्लामा प्रदेश स्तरका सतह सिंचाइ, जलउत्पन्न प्रकोप व्यवस्थापन (नदी नियन्त्रण/पहिरो व्यवस्थापन) का साथै जलस्रोतका बहुउपयोग संग सम्बन्धित आयोजनाहरुको अध्ययन, निर्माण, सञ्चालन तथा मर्मत संभारका कार्यहरु सञ्चालन गरी कृषि योग्य जमिनमा दिगो र भरपर्दो सिंचाइ सुविधा पुर्याउने र जल उत्पन्न प्रकोपबाट मानव वस्ती, खेती योग्य जमिन र भौतिक संरचनामा हुने क्षतिको न्यूनिकरण गर्ने उद्देश्य यस जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, नुवाकोटको रहेको छ ।
साविक मध्यमाञ्चल सिंचाइ विकास डिभिजन न.३ नुवाकोट बाट हुँदै आएको कार्यहरु हालको परिवर्तित संरचना अनुसार यस डिभिजन कार्यालयमा हस्तान्तरण भएको र साविक जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, नुवाकोट कार्यक्षेत्र मध्ये नुवाकोट जिल्लाको कार्यहरु समेत यस डिभिजन अन्तर्गत सञ्चालन हुने गरी हस्तान्तरण भएको छ ।
यस कार्यालयले नुवाकोट जिल्लाभित्र संचालित हुने तथा भइरहेका सिंचाई का योजनाहरु को अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दछ ।